माइतीघरमा विरोध प्रदर्शन , कानून व्यवसायी पक्राउ

काठमाडौं , बैशाख २८ । भारतले नेपाली भूमि ९लिपुलेक०मा सडक निर्माण गरेको विषयमा विरोध प्रदर्शन गर्न पुगेका कानून व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न पुगेका कानून व्यवसायीलाई पक्राउ गरेको हो । माइतीघरबाट पक्राउ परेका उनीहरुलाई अहिले भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

पक्राउ पर्नेमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, अधिवक्ताहरु नारायण घिमिरे, कञ्चनकृष्ण न्यौपाने, रमेशकुमार केसीलगायत छन् ।

यसअघि आइतबार बिहान नयाँ बानेश्वरस्थित संसद भवन अगाडि विरोधमा उत्रिएका युवा विद्यार्थीलाई पनि पक्राउ गरेको थियो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देशव्यापी लकडाउन जारी गरेको अवस्थामा पनि भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोध काठमाडौं प्रदर्शनकारीहरु सडकमा निस्किरहेका छन् ।

तर, प्रहरीले भने उनीहरुलाई प्रदर्शन अगाडि नै नियन्त्रणमा लिइरहेको छ ।

भारतले कैलाश मानसरोवर यात्राका लागि भन्दै नेपाली भूमि लिपुलेक समेत मिचेर लिंक रोड बनाएको छ । उक्त लिंक रोडको शुक्रबार उद्घाटन गरिएपछि नेपालमा विरोध भइरहेको छ

प्रतिक्रिया दिनुहोस्