उपत्यकामा २ र बाहिर १ सय ४१ जना कोरोनाका शंकास्पद बिरामी

काठमाडौं , बैशाख २७ । उपत्यकामा २ र उपत्यकाबाहिर १ सय ४१ जना कोरोनाभाइरसको संकास्पद बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु सबै १४३ जनाको आइसोलेनमा उपचार भइरहेको छ ।
मन्त्रालयले देशका विभिन्न स्थानमा स्थापना भएका क्वारेन्टाइनमा १४ हजार ५ सय ९२ जना रहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्