उदयपुरको एक किराना पसलमा आगो लाग्दा २५ लाखको क्षति

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका ३ मोतीगढाको एक किराना पसलमा गएराती आगो लाग्दा करिब २५ लाखको क्षति भएको छ ।
स्थानीय घनश्याम पोखरेलको घरमा रहेको किराना पसलमा गएराती सवा ११ बजे आगो लागेको थियो ।
आगो किराना पसलमा रहेका सम्पूर्ण सामान सहित नगद १० हजार जलेर नष्ट हुँदा २५ लाखको क्षति भएको हो ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।
विधुतीय तार सर्ट भएर आगो लागेको बताइएको छ । आगोले पसल भएको घर समेत चर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्