बाँकेको नेपालगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं ।बाँकेको नेपालगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २० राझाँ चोक नजिकै गएराती मोटरसाइकल दुर्घटना भएको हो । रा ४ प ४६ ५१ नम्बरको मोटरसाइकल गएराती साढे ११ बजे पल्टिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक दाङको पुरनधारा २ का २४ वर्षीय राज पौडेललको उपचारको लागि भारत लैजाने क्रममा बाटो मै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्