भक्तपुरको एक रेष्टुरेन्टमा आगलागी, १० लाखको क्षति

काठमाडौ. । भक्तपुरको मध्यपुर थिमी नगरपालिका ५ राधे राधेमा सञ्चालित एक रेष्टुरेष्टमा आगलागी भएको छ । नवराज कसपालको घरमा सिन्धुलीका प्रेमबहादुर बस्यालले सञ्चालन गरेको साथीभाइ खाजा घरमा मंगलबार साँझ करेन्ट सर्ट भएर आगलागी भएको हो ।

आगलागी हुँदा रेष्टुरेन्टका सामानहरु र कसपालको रङ गोदाममा क्षति पुगेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाइले जानकारी दिए । आगलागीबाट १० लाख बराबरको क्षती भएको छ ।

महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोली, भक्तपुरको दमकल र स्थानीय बासिन्दाको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्