रोकिएन वीरगञ्ज आन्दोलन, थप कार्यक्रम घोषणा

काठमाडौं । प्रदेश राजधानीको माग गर्दै वीरगञ्जमा जारी आन्दोलनका कारण त्यहाँको जनजीवन थप कष्टकर बन्दै गएको छ ।

राजधानीको माग गर्दै विभिन्न जिल्लामा भएको आन्दोलन स्थगित भएपनि वीरगञ्जमा भने थप आन्दोलनका कार्यक्रम तय गरिएको छ । संघर्ष समितिले विरोध स्वरुप रिले अनशनलाई जारी राख्ने र थप आन्दोलन गर्ने संर्घष समितिका सह–संयोजक राजकुमार गुप्ताले जानकारी दिए ।

समितिले माघ १३ गते वीरगञ्जमा जुलुस प्रर्दशन गर्ने, १९ गते आमसभा गर्ने, २० गते मसाल जुलुस प्रर्दशन गर्ने र माघ २१ गते वीरगञ्ज बन्द गर्ने घोषणा गरेको छ । राजधानीको माग गर्दै १९ दिनदेखि समिति रिले अनसन जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्