स्रोत नखुलेको साढे ११ लाख रुपैयाँसहित एकजना पक्राउ

काठमाडौं, बैशाख १८ । स्रोत नखुलेको साढे ११ लाख रुपैयाँसहित पर्सा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ इनर्वा बस्ने २९ वर्षीय लालबाबु कुमार यादव रहेका छन् ।

उनलाई वीरगञ्ज महानगरपालिका १६ रजत जयन्ती चोकबाट प्रहरीले पक्राउ गरेको हो ।

ना।६२ प ९५७१ नम्बरको मोटरसाईकलमा सवार भई आउदै गरेको अवस्थामा उनले बोकेको झोलाभित्रबाट स्रोत नखुलेको साढे ११ लाख रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

स्रोत नखुलेको रकमसहित पक्राउ परेका यादवलाई हिरासतमा राखी थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।प्रहरीले पक्राउ गरेको हो ।

ना।६२ प ९५७१ नम्बरको मोटरसाईकलमा सवार भई आउदै गरेको अवस्थामा उनले बोकेको झोलाभित्रबाट स्रोत नखुलेको साढे ११ लाख रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

स्रोत नखुलेको रकमसहित पक्राउ परेका यादवलाई हिरासतमा राखी थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्