अछाममा सामान्य हिमपात

रमेश रावत , अछाम । अछामका लेकाली क्षेत्रमा सामान्य हिमपात सुरु भएको छ । जिल्लाको रामारोशन,कमलबजार,कालेकाडा,मेल्लेख, पुल्लेतोला सान्तडा , ठुलासैन लगायतका क्षेत्रमा हिमपात सुरु भएको हो । हिमपात सङ्गै जिल्लाभर सामान्य वर्षा पनि भयको छ ।
यस बर्षको हिउदमा पानी नपर्दा दुखी भएका यस क्षेत्रका किसानहरु भने खुशी भयका छन ।
हिमपात तथा बर्षाका कारण स्थानियको दैनिक काम काज प्रभाबित बनेको छ । हिमपातका कारण बढेको चिसोले बृद्द बृद्दा तथा वालवालिका बढी प्रभाबित बनेका छन ।
आज दिनभर अछाम लगायतका जिल्लामा पानी परेपनी भोलिमात्र मौसम सफा हुने क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्