डोटीमा २६ दिनदेखि भएको आमहड्ताल स्थगित

काठमाडौं । डोटीलाई प्रदेश नम्बर ७ को राजधानी बनाउनुपर्ने माग गर्दै २६ दिनदेखि भएको आमहड्ताल स्थगित भएको छ ।

यही माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका कार्यक्रमलाई मध्यनजर गर्दै आमहड्तालका कार्यक्रम स्थगित गरिएको हो ।

माघ १२ गतेसम्मका लागि बन्द फिर्ता लिने निर्णय भएको आन्दोलन संयोजन समितिका संयोजक नरेन्द्र खड्काले जानकारी दिए ।

समितिले सरकारी तथा गैरसरकारी संस्थाका कार्यालयहरु भने बन्द नै राख्ने जनाएको छ ।

समितिले माघ १२ गतेसम्म प्रत्येक दिन दिउँसो १२ बजेदेखि धर्ना दिने र दिउँसो २ बजेदेखि ४ बजेसम्म बजार बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्