दुर्घटनामा परी दुईजनाको मृत्यु, तीनजना घाइते

काठमाडौं . पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित इमिलियामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुटवलबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ख ७४३७ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको लु१९प ४४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुद्धभूमि नगरपालिका–१ वसन्तपुरका ४० वर्षीय चिपनारायण थारूको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते थारूको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा राती मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंहेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिए ।

दुर्घटना हुदा एक जनाको मृत्यु
पासाङल्हामु सडकखण्ड अन्तर्गत बेलकोटगढी नगरपालिका-११ अमारेमा मिनी ट्रक दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् ।

ककनीबाट बट्टारतर्फ जादैै गरेको ना.२ क ५३७५ नंं. को मिनी ट्रक दुर्घटना हुदा बेलकोटगढी–१३ का आशिष तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका १७ वर्षीय तामाङलाई उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

दुर्घटना हुँदा सडकबाट ८० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्