आजदेखि रसुवागढी नाका सुचारु, कन्टेनर भित्रिए

काठमाडौं– करिब एक सातादेखि आयात ठप्प रहेको रसुवागढी नाका आजबाट नियमित सञ्चालनमा आउने भएको छ । नेपाली बजारमा खपत हुने चिनियाँ सामग्री ढुवानीमा काम गर्दै आइरहेका मजदुर ल्होछार पर्व मनाउन गएपछि सामान आयातमा समस्या भएको थियो ।

तिब्बतमा ल्होछार पर्वका कारण रोकिएको सामान ढुवानी कार्य आजदेखि नियमित सञ्चालन हुने भएको हो । नेपालमा सामान पठाउने केरुङ क्षेत्रको ठूलो कम्पनी मुसा ट्रान्सपोर्टका प्रबन्धक ज्याङ्सेपिङले नेपाली कन्टेनरमा सामान लोड गर्ने काम सम्पन्न भएको जानकारी दिएका छन् । उनका अनुसार आज बिहानसम्म ५०० ट्रक, कन्टेनरमा सामान नेपाल पठाईने छ ।

प्रतिक्रिया दिनुहोस्