कटुवा पेस्तोलसहित ३ जना भारतीय नागरिक पक्राउ
काठमाडौं, फागुन ३० । मोरङको सुनवर्सिबाट कटुवा पेस्तोल सहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत अररिया धर्मगन्ञका अजयकुमार मण्डल, आनन्द मंन्डल र राकेशकुमार मण्डल रहेका छन् ।
मोरङकोे सुनवर्सि नगरपालिका ८ हर्चनगडिस्थित एक होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट कटुवा पेस्तोल त्यसमा लाग्ने गोली र एउटा पल्सर मोटरसाइकल समेत बरामद भएको छ । पक्राउ पर्नेहरुमाथि थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्