खसेको इयरफोन तान्न खोज्दा जीपबाट खसेर कैलालीमा एक जनाको मृत्यु

काठमाडौं, फागुन २८ ।कैलालीमा जीपबाट खसेर एक जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजारमा बोलेरो जीपबाट खसेर २६ वर्षीय एकेन्द्रबहादुर बटालाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

पहलमानपुरबाट सुखड्तर्फ आइरहेको से१च १०३४ नंको बोलेरोमा सवार अछामको रामारोशन गाउँपालिका–७ का २६ वर्षीय एकेन्द्रबहादुर बटालाको मृत्यु भएको हो ।

यात्रा गरिरहेका बेला उनीसँग रहेको इयरफोन खसेको र तान्न खोज्दा खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखड्का प्रमुख हरिशरण भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्