लागूऔषधसहित ३ जना पक्राउ
काठमाडौं, फागुन २६ । मोरङको बेलवारी नगरपालिका-८ का २९ वर्षीय कमानसिंह राई १५ ग्राम खैरो हेरोइन ब्राउनसुगरसहित पक्राउ परेका छन्।
भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका राईलाई चेकजाँच गर्ने क्रममा उक्त परिमाणको ब्राउनसुगर फेला परेपछि पक्राउ गरिएको हो।
उनलाई आइतबार साँझ साढे ६ बजेको समयमा लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–७ का ३४ वर्षीय सुरेश खतिवडा र मेचीनगर नगरपालिका–१३ का २२ वर्षीय विष्णु गिरीलाई पनि पक्राउ गरेको छ।
उनीहरूको साथबाट प्रहरीले १ ग्राम २५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ।
प्रतिक्रिया दिनुहोस्