प्रदेश राजधानी नतोकेको भन्दै धनकुटाका कांग्रेसका सबै पदाधिकारीले दिए राजीनामा
काठमाडौं । सरकारले प्रदेश नम्बर १ को राजधानी धनकुटालाई नतोकेकोमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमितिसहित सम्पूर्ण तहका पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् ।
आफ्नै पार्टीको सरकार हुँदा पनि प्रदेशको राजधानी धनकुटालाई नतोकेको भन्दै नेपाली कांग्रेस धनकुटाको कांग्रेस कार्यसमितिले सामूहिक राजीनामा दिएको हो ।
धनकुटामा हिजो साँझ पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेससंग सम्बद्ध जिल्ला कार्य समिति, गाउँपालिका, नगरपालिका र जिल्ला तहका सवै पार्टी पदाधिकारीले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेलले राणाकाल, पञ्चायतकाल, वहुदलीय व्यवस्थामा समेत क्षेत्रीय सदरमुकामको रुपमा कायम रहेको र पर्याप्त भौतिक पूर्वाधार रहेको धनकुटालाई उपेक्षा गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्