वैदेशिक रोजगारीका नाममा ११ लाख ठगी, आरोपमा एक जना पक्राउ

काठमाडौं, फागुन २३ । पछिल्लो समय विभन्नि प्रलोभन देखाई वैदेशिक रोजगारीमा कामदार तथा नेपालीहरु ठगीने क्रम बढेको छ । यसैबीच महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी–५ स्थायी ठेगाना भएका राधे साह रहेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौंको पिंगलास्थानबाट पक्राउ गरिएको हो ।आकर्षक तलब हुने प्रलोभन देखाएर मलेसिया तथा दुबईमा वैदेशिक रोजगारीका लागि वर्किङ भिसामा पठाउने भन्दै ९ जनासँग ११ लाख लाख ४२ हजार २ सय रुपैयाँ लिई उनी सम्पर्क विहीन भएका थिए ।

आफूहरुठगिएको भन्दै दर्पनारायण चौधरीलगायतले दिएको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले साहलाई पक्राउ गरेको हो । पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको प्रहरलिे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्