सुुर्खेतमा जीप दुुर्घटना हुुँदा तीन जनाको मृत्यु , अन्य चार गम्भीर

काठमाडौं, फागुन २१ । सुुर्खेतमा जीप दुुर्घटना हुुँदा तीन मृतयु भएको छ । वीरेन्द्रनगर नगरपालिकामा जीप दुुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जीपमा रहेका अन्य चार जना गम्भीर घाइते भएका छन् ।

जीप अनियन्त्रित भएर सडकबाट झण्डै चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धार गरी उपचारका लागि वीरेन्द्रनगर ल्याइएको छ ।र्घटनामा मृत्य हुनेमा एक जना महिला र दुुई जना पुरुष रहेको तर मृतकहरुको अन्य पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले बताए ।

दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०००७ नम्बरको जिप रातानाङ्ला धरमपोखरा सडकखण्डमा पर्ने राउटे गल्छेनामा दुर्घटना भएको हो । दुुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्