खानेपानी ट्याङ्की सञ्चालनमा ढिलाई, स्थानीयहरु दुषित पानी खान बाध्य

काठमाडौं, फागुन २० । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ५ स्थित बैदौलीमा खानेपानी ट्याङ्की सञ्चालनमा नआएपछि स्थानीय दुषित पानी खान बाध्य भएका छन् । खानेपानी ट्याङ्कीको भौतिक संरचना निर्माण कार्य करिब ३ वर्ष पहिला सम्पन्न भएपनि अहिलेसम्म स्थानीयले दुषित पानीकै भर पर्नु परेको छ ।

करिब १५ हजार लिटर क्षमता भएको सो खानेपानी ट्याङ्कीबाट साविक वडा नं २ र ३ का करिव २५० घर धुरीमा खानेपानी वितरण गर्ने भनिएपनि हाल सम्म होम पाईपको काम पुरा मात्र भएको हो ।

उक्त वडाका स्थानीयहरुले करिब ८० देखी ९० प्रतिशत आर्से्निक युक्त पानी खान बाध्य भएको पुर्व वडाध्यक्ष रामप्रीत यादवले बताए । जिल्ला खानेपानी कार्यालय र सम्बन्धित निकायले कुनै चासो नदेखाएका कारण उक्त खानेपानी वितरण आयोजना दिनहुँ अलपत्र पर्दै गएको यादवले बताए ।

सो गाउँमा आर्से्निकको मात्रा बढी देखिएपछि खानेपानी ट्याङ्की निर्माण गरिएपनि सञ्चालनमा आउन ढिलाई भएको हुँदा स्थानीयहरुले महगो रकम खर्च गरेर पानी किनेर खाने गरेका छन् । साथै निर्माणाधीन उक्त खानेपानी ट्याङ्कीको भौतिक संरचना दिनहुँ जिर्ण बन्दै गएपछि सम्बन्धित निकायका लागी चुनौती समेत बन्दै गएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्