शेयर बजारमा उल्टो सर्किट पछि बजार बन्द

काठमाडौं, १९ फागुन । शेयर बजारमा ठूलो गिरावट पछि सर्किट लागेको छ । नेप्से ६ प्रतिशतले घटेपछि सेयर कारोबार सोमबारका लागि बन्द भएको हो । ५ प्रतिशतले घटेर ४० मिनेटको लागि स्थगित गरिएको बजार खुल्ने बित्तिकै फेरि ६ प्रतिशतले घटेको हो । ६ प्रतिशतले बजार घट्ने बित्तिकै सोमवार दिनभरको लागि बजार बन्द गरिएको छ ।

बजारमा एकाएक बिक्रीमा चाप आउँदा बजार अप्रत्याशित रुपले प्रभावित भएको हो । १ बजे २६ मिनेट जाँदा पुनः खुलेको बजार त्यसको ३ मिनेट जाँदा ६ प्रतिशतले घटेपछि आजको लागि कारोबार रोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्