३ थान बाघको छाला सहित २ जना पक्राउ

काठमाडौं, फागुन १४ । प्रहरीले ३ थान बाघको छाला सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा खिजिदेम्बा ५ घर भई काठमाण्डौ आरुवारी बस्ने दिपेन्द्र तामाङ र झापा बारदसी गाँउपालिका १ घर भई हाल काठमाण्डौ कपन बस्ने रोशन कामी रहेका छन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरबाट खटिएको प्रहरी टोलीले बाघको छालासहित २ जनालाई पक्राउ गरेको हो । लगनखेलस्थित बसपार्कबाट बाघको छाला ३ थान सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा परिचालित प्रहरी टोलीले बाघको छाला बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्