गुण्डागर्दी गर्दै हिँड्ने तामाङ जडिबुटीबाट पक्राउ

काठमाडौं, फागुन ७ । प्रहरीले गुण्डागर्दीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।  न्धुपाल्चोक-३ मा घर भएका ३७ वर्षीय पासलाल तामाङलाई अपराध महाशाखाका टोलीले मंगलबार पक्राउ गरेको हो ।

विभिन्न व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिने र महिलालाई समेत अभद्र व्यवहार गरेको सूचनाका आधारमा उनलाई प्रहरीले काठमाडौं जडिबुटीबाट पक्राउ गरेको जनाएको छ ।

उनीमाथि अभद्र व्यवहारसम्बन्धी कसूरमा आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।
यसअघि पनि उनी कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा करिब १८ महिना जेल भुक्तानी भइ छुटेका थिए। यस्ता विभन्न अपराधीक गतिविधिमा संलग्नलाई प्रहरीले पछिल्लो समय पक्राउ गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्