पश्चिमी वायुको प्रभाव : हल्का वर्षाको सम्भावना

काठमाडौं , फागुन ७ । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ ।

मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।

पछिल्ला केही दिनयता लागेको तुवाँलो पश्चिमी वायुको सक्रियतापछि हटेर जाने उहाँले बताउनुभयो । “शनिबारबाट उक्त तुवाँलो विस्तारै हट्दै जाने छ”, मौसमविद् नगरकोटीले भनिन् ।

बिहीबार र शुक्रबार पनि देशभर सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्