बझाङ-बाजुरा सडक संञ्जाल जोडिदाँ छायो स्थानीयमा खुसीयाली

काठमाडौं ।बझाङ र बाजुरामा सडक संञ्जाल जोडिदाँ त्याहाका स्थानीयमा खुसीयाली छाएको छ । सुदरपश्चिमको पहाडी जिल्ला बझाङ र बाजुरा बिच सडक संञ्जाल जोडिएपछि यतिखेर स्थानीयहरुमा खुसीयाली छाएको हो । बझाङको खप्तडछान्ना गाउँपालिका र बाजुराको खप्तड क्षणेदह गाउँपालिकालाई लक्षित गरी सडक जोडिएपछि दुवै जिल्लाका स्थानीयहरुमा खुसीयाली छाएको छ ।

एसियाली विकास वैंक एडिपि, ग्रामिण विकेन्द्रित पुर्वाधार परियोजना डिलिपको आर्थिक सहयोग तथा स्थानीयबासीको सक्रियतामा बझाङ,बाजुरा सडक निर्माण भएको हो । बझाङ,को तमैल बजार देखि बाजुराको क्षणेदह गाउँपालिका सम्म करिव २७ किलोमिटर कच्चि सडक निर्माण भई दुवै जिल्ला बिच सहज रुपमा सवारी आवागमन भइरहेको छ ।

बझाङ र बाजुराको सिमाना पर्ने डोगडी, थामलेक,गडराय हुदै सेती लोकमार्ग सम्म सडक जोडिदा यतिबेला बाजुराको बुढीगंगा, खप्तडक्षेणेदह गाउँपालिका र बझाङको खप्तडछान्ना गाउँ पालिका हुदै जयपृथ्वी राजमार्गसम्म सवारी आवागमनमा सहज भएको त्यहाँका स्थानिय बासीले बताएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्