घरको छतमा बम राखेको आरोपमा पूर्व सैनिक पक्राउ

काठमाडौँ , फागुन ६ । सर्वसाधारणको घरको छतमा बम राखेको आरोपमा एक जना पुर्व सैनिक पक्राउ परेका छन् ।

ललितपुरको गोदावरी नगरापलिका–५ स्थित एक घरमा सोमबार बिहान बम राखेको आरोपमा ललितपुर प्रहरी परिसरको टोलीले सोमबार राती नेपाली सेनाका पूर्व हवल्दार राजकुमार कार्कीलाई पक्राउ गरेको हो।

उनलाई पक्रउा गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले पुष्टी गरे। सोमबार बिहान सात बजे स्थानीय शुकराम मिजारको घरको छतमा बम भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम निश्क्रिय बनाएको थियो। ग्रिनेड बम राखिएको प्रहरीले जनाएको छ । समयमै प्रहरीलाई खबर गरेर मानविय क्षेति भने हुन पाएन् ।

प्रतिक्रिया दिनुहोस्