उदयपुरबाट लागूऔषधसहित ३ युवा पक्राउ

काठमाडौं, फागुन ६ ।उदयपुरबाट लागूऔषधसहित ३ युवा पक्राउ परेका छन् ।मदन भण्डारी स्मुति लोकमार्ग अन्तर्गत उदयपुरको बेलका नगरपालिका– ९ रामपुर बजारबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको हो ।सोमबार राति विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले सुनसरीका १ सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेलका नगरपालिका–९ रामपुर बजारका ३५ वर्षीय आकाश तिम्सिना, बेलका नगरपालिका–१ आम्बासीका ३२ वर्षीय विकास बस्नेत र सुनसरीको धरान उपमहानगरपालिका– १३ का ३८ वर्षीय प्रणय निरौला रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

लागूऔषध किन बेच भै रहेको भन्ने खबर पाएर खटेको प्रहरी टोलीले तिम्सिनाको घर खानतलासी लिँदा लुकाई छिपाई राखेको अवस्थामा डाईजेल्याप ३ एम्पुल (थान), लीगेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, नाईट्राभेट ११ ट्याब्लेट, स्पानमोप्रोक्सीवोन प्लस ५९ ट्याब्लेट, डाईलेक्स डिसी हन्ड्रेड २ बोतल र गाँजा ३ सय ग्राम फेला परेको जनाइएको छ ।

ईलाका प्रहरी कार्यालय रामपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले बताए अनुसार तिम्सिनाको घरबाट लागू औषधसँगै १५ हजार ५ रुपैंया नगद, मिनी ल्यापटप १ थान र बा १९ च ८४७४ नं. को कार समेत बरामद भएको छ । उनीहरुलाई इप्रका रामपुरकै हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको एसपी मगरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्