विष्फोटक पदार्थ सहित ५ जना पक्राउ

काठमाडौं, फागुन ३ । संखुवासभाको चैनपुर नगरपालिका-१ गुफापोखरीस्थित दोभानेबाट सकेट बम १ थान, रेडबुल बम १ थान र बिभिन्न कागजातहरु सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका-४ बस्ने २७ वर्षीय सन्तोष तामाङ, अजय शेर्पा, सभापोखरी गाउँपालिका-३ बस्ने एलिना राई, भोजपुर षडानन्द नगरपालिका-१० बस्ने प्रभा तामाङ र ताप्लेजुङ तातोपानी गाउँपालिका-१ बस्ने निमनेम्बा शेर्पा रहेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरी तलासी गर्दा उक्त बिष्फोटक पदार्थहरु र बिभिन्न कागजातहरु फेला पारेको हो ।

यता संखुवासभाकै चैनपुर नगरपालिका-३ पोखरीस्थित एनसेलको इन्भर्टरमा गत माघ १२ गते राति कुकर बम पड्काई आगजनी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका-४ बस्ने ४१ वर्षीय अजित राई र सोही ठाउँ बस्ने २० वर्षीय समिन राई रहेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्