काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं, फागुन २ । काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका(३ नमूना बस्तीबाट जुवातास खेलिरहेका ६ जना लाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३८ वर्षीय सुदिप रेग्मी लगायत ६ जनालाई नगद ४० हजार ७ सय ९५ रुपैयाँ र ६ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

चन्द्रागिरी नगरपालिका(३ नमूना बस्तीमा रहेको प्रमोद निरौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्