१ करोड मूल्य पर्ने सुनसहित ३ जना पक्राउ
काठमाडौं, माघ २९ । करिब १ करोड मूल्य बराबरको सुनसहित तीन जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले दुई जनालाई बुधबार(आज) थानकोट सतुंगलबाट पक्राउ गरेको हो । एक जना मंगलबार पक्राउ परेका थिए ।
पक्राउ परेका तीनै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले ललितपुरमा रहेको एक सुन पसल लुटेर भागेको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरीमा संलग्न रहेको भन्दै मंगलबार १ जनालाई पक्राउ गरेको थियो । उनको बयानको आज थप दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्