वीरगन्जबाट साढे पाँच लाखसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, माघ २६ । साढे पाँच लाखसहित वीरगन्जबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । हुण्डी कारोबारमा संलग्न भएको अभियोगमा ति भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पर्सा प्रहरीको टोलीले वीरगन्ज-१६ रजतजयन्ती चोकबाट भारत बिहार मोतिहारी पूर्वी चम्पारण रक्सौलका ५० वर्षीय सुरेश महतोलाई पक्राउ गरेको हो । बिआर०५ एए ७३१९ नम्बरको मोटरसाइकलमा सवार उनलाई रक्सौलबाट वीरगन्ज आउँदै गर्दा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

स्रोत नखुलेको रकम हुण्डीमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ। उक्त रूपैयाँको स्रोत खुल्न नसकेपछि महतोलाई पक्राउ गरिएको प्रहरलिे जनाएको छ । यस्ता हुण्डी कारोबारी दिनानुदिन पक्राउ पर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्