१० हजार घुससहित एक कम्यप्युटर अधिकृत पक्राउ

काठमाडौं , माघ १४ । १० हजार घुससहित आन्तरिक राजस्व कार्यालय एक कम्यप्युटर अधिकृत पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई घुससहित पक्राउ गरेको हो ।

विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाई दिने भनी सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अधिकारीलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिइएको टोलीले अधिकारीलाई उनकै कार्यकक्षबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो । अधिकारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्