कपिलवस्तुमा ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

काठमाडौं । कपिलवस्तुमा ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरई नामा पुलमा गएराति पौने १२ बजे ट्रकले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

प्रहरीका अनुसार ना२ख ९९६० नम्बरको ट्रकले भारतीय नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर पछाडी सवार भारतीय नागरिक २४ वर्षीया मुबसरा खातुनको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक भारतकै २७ वर्षीय अतिकुल रहिमान घाइते भएका छन् ।

घाइते रहिमानको संजीवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्