सिरहाबाट झन्डै ६ किलो चाँदीका गहनासहित २ जना पक्राउ
काठमाडौं, माघ १२ । सिरहाबाट झन्डै ६ किलो चाँदीका गहनासहित २ जना पक्राउ परेका छन् । सिरहा प्रहरीले करिब ६ किलोग्राम बराबर चाँदीका गहनासहित मोरङको पथरी शनिश्चरे नगरपालिका–१४ घर भएका ३० वर्षीय सुमन विक र झापाको शिवसतासी नगरपालिका–८ झिलझिले घर भएका ३८ वर्षीय दल बहादुर विक लाइृ पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले उनीहरुलाई ५ किलो ७ सय ४२ ग्राम ७ सय ५० मिलिग्राम चाँदीका गरगहनासहित पक्राउ गरेको हो । पक्राउ गरेका माथि अनुसन्धान भइहेको प्रहरीले जनाएको छ । पछिल्लो समय सिरहाबाट विभन्न आपराधिक घटनामा संलग्न भएका व्यक्ति पक्राउ पर्ने गरेका छन् ।
















प्रतिक्रिया दिनुहोस्