२ लाख २६ हजार घुससहित इन्जिनियर पक्राउ

काठमाडौं, माघ ११ ।२ लाख २६ हजार घुससहित एक इन्जिनियर अख्तियारको फन्दामा परेका छन् ।अख्तियार दुरुपयोग अनुशन्धान आयोग बर्दिबासले घुस अभियोगमा शुक्रबार साँझ उपभोक्ता समितिसँग घुस लिएको अभियोमा सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कार्यरत इन्जीनियर दिलिपकुमार शाहलाई पक्राउ गरेको हो ।

बर्दिबासका डिएसपी मधुकुमार थापाका अनुसार घुस नदिएसम्म बिल फर्छ्योट गर्न नमानेपछि उनलाई अभियोग र नगदसहित पक्राउ गरिएको हो ।

शाहलाई अख्तियार टोलीले कमलामाई नगरपालिका ६ को श्रेष्ठ होटलबाट उपभोक्ता समितिसँग चेक र नगद लिँदै गर्दा पक्राउ गरिएको हो । उनको साथबाट २ लाख २६ हजारको नगद र चेकसमेत नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए

प्रतिक्रिया दिनुहोस्