काठमाडौंको शंखमुलमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको शंखमुलमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । गएराति साढे १२ बजे बा७२प ११२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाका ३१ वर्षीय मोहन रायमाझी मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा सोही मोटरसाईकल पछाडि सवार रायमाझी गम्भिर घाइते भएकोमा उपचारको क्रममा सिभिल अस्पतालमा गएराति १ बजे मृत्यु भएको हो ।

मोटरसाइकल र चालकलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्