महिलालाई जिस्क्याएको अभियोगमा दुई युवा पक्राउ, अब यस्तो हुने कठोर सजाय

काठमाडौँ , माघ १० । महिलालाई जिस्क्याएको अभियोगमा दुई युवा पक्राउ परेका छन् । उनीहरुले महिलालाई पटक पटक फोन गरेर जिस्क्याएको अभियोगमा बारा प्रहरीले युवालाई पक्राउ गरेको हो ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ की महिलालाई फोन गरेर जिस्क्याउनुका साथै अभद्र व्यवहार गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बारा देवताल गाउँपालिका २ बस्ने अखिलेश यादव र भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला घोडासहन थाना बस्ने इन्दल यादव रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाइ कलैयाबाट पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय बाराबाट अभद्र व्यवहार मुद्दामा दिन ७ को म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्