सुनसरीमा गाई काटेको आरोपमा दुई जना पक्राउ

काठमाडौं, माघ १० । सुनसरीमा गाई काटेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेममा सुनसरी हरिनगरा गाउँपालिका–२ भुटाहा बस्ने ४५ वर्षीय सदुल अन्सारी र हरिनगरा–४ का ४२ वर्षीय लुकमान अन्सारी रहेको प्रहरीले जनाएको छ । ।

उनीहरुलाई घरबाट गाईको टाउको, खुकुरी र अचानोसहित दुवै जनालाई नियन्त्रणमा लिएको सुनसरी प्रहरीले जनाएको छ।

शुक्रबार बिहान सदुल अन्सारीको घरमा गाई काटेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट टोली गएको थियो।

प्रतिक्रिया दिनुहोस्