मुद्दा मिलाइ दिन्छु भन्दै घुससहित कर्मचारी रङ्गेहात पक्राउ

काठमाडौं, माघ ९ । जिल्ला प्रशासन कार्यालय सप्तरीका एक कर्मचारी बिहीबार घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले कार्यालय सहयोगी केशवकुमार यादवलाई घुस रकमसहित रङ्गेहात पक्राउ गरेको हो ।

अख्तियारको टोलीले जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटबाटै यादवलाई रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

करारमा कार्यरत रहेका यादवले सेवाग्राहीलाई मुद्दा मिलाइ दिन्छु भन्दै ४ हजार रुपैयाँ घुस माग गरेको अख्तियारले जनाएको छ।

यादवमाथि थप अनुसन्धानका लागि सम्पर्क कार्यालय इटहरी लगिएको छ।

प्रतिक्रिया दिनुहोस्