दाङमा ट्याक्टर दुर्घटना हुँदा १८ जना घाइते

काठमाडौं । दाङमा ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । दाङको तुलसीपुर–सुकौरा सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१० राइखल्यानको मोडमा रा १ त १६७५ नंको ट्र्याक्टर दुर्घटना हुँदा १८ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाका घाइतेएका १८मध्ये १६ जनालाई राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएकोे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

घाइतेमध्ये दुईजनाको राप्ती अञ्चल अस्पताल, तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्