जग्गा कम शुल्कमा दिएको भन्दै गोकर्ण रिसोर्ट अगाडि नेविसंघको प्रदर्शन
काठमाडौं, माघ ८ । सरकारको विरोध गर्दै नेपाल विद्यार्थी संघले गोकर्ण फरेष्ट रिसोर्ट अगाडि आज प्रदर्शन गरेको छ।
नेविसंघले यती होल्डिङ्स कम्पनीलाई सरकारले कम शुल्कमा नेपाल ट्रष्टको जग्गा दिएको विरोधमा प्रदर्शन गरेको हो।
नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीको संयोजकत्वमा भएको विरोध प्रदर्शनमा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल लगाएतले बोलेका थिए ।
करोडौं भाडा लिन सकिने जग्गा कम शुल्कमा लिजमा दिएको भन्दै पौडेलले सरकारको आलोचना गरे। जग्गा कम शुल्कमा लिजमा सरकारले दिन नहुनेमा सहभागीहरुको भनाइ रहेको थियो । यो शुल्क समायोन गर्न पनि उनीहरुले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्