कारको ठक्करबाट काठमाडौंमा एक जनाको मृत्यु

काठमाडौं , माघ ७ । काठमाडौंमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका-५ मुड्खु भन्ज्याङमा बा.३ च ४०६४ नम्बरको कारले मंगलबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका करिब ५५ वर्षीय पुरुषको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

कार चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्