हिमपातले रसुवा–केरुङ आवतजावत बन्द, सवारी चालकको बिजोग
काठमाडौं, माघ ५ । केहिदिन देखि परेको हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ ।
चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण सवारीसाधन एवं मानिस हिँड्डुल गर्नसमेत बन्द भएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालले बताए ।
हिमपातका कारण दैनिक रूपमा मालसामान ओसारपसार गर्ने ट्रक तथा कन्टेनर आवतजावत गर्न नसक्दा सयौँ सवारी चालक अलपत्र अवस्थमा रहका छन् ।
सडक खुल्न अझै केही दिन लाग्ने सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ । यसरी सडक बन्द हुँदा आवत जावतमा निकै कठिनाइ भइरहेको स्थानियले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्