दाङमा मोटरसाईकल दुर्घटना, १ जनाको ज्यान गयो
काठमाडौं, माघ ३ । दाङमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । पश्चिमबाट आउँदै गरेको रा ५ प २२६९ नम्बरको मोटरसाइकल चिसापानीमा दुर्घटना दाडको शान्तिनगर गाउँपालिका वडा नं. ५ काशीपुरका टोपलाल केसीको मृत्यु भएको छ ।
प्रहरीले गम्भीर घाइते केसीको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाएको छ । मदिरा सेवन गरी सवारी चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्