धनुषाबाट पेस्तोलसहित दुई जना पक्राउ

धनुषा, माघ १ । धनुषाबाट एक थान पेस्तोल र म्याग्जिनसहित दुईजना पक्राउ परेका छन् । जनकनन्दनी गाउँपालिका–५ बरनझुल्लाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा २६ वर्षीय दिपेशकुमार महतो र १९ वर्षीय शुभकेश महतो रहेका छन् ।

हतियार पड्काउँदै हिँडेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले महतोको घरभन्दा ५ सय मिटर पर आफ्नै आँपको बगैंचामा लुकाएको अवस्थामा पेस्तोल फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्