२ हजार रुपैयाँ घुससहित प्रहरी जवान पक्राउ

काठमाडौं, पुस २९ । २ हजार रुपैयाँ घुससहित एक जना प्रहरी जवान पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोग बहादुर खड्का दुई हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालय परिसरबाट घुससहित पक्राउ गरेको जनाएको छ। उनले मोटरसाइकल चालकसँग सो रकम मागेका थिए ।

प्रहरी जवान खड्काको दरबन्दी कारागार सुरक्षा गार्ड कैलालीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्