गाडीभित्रै हस्तमैथुन गर्ने युवक १ बर्ष पछी पक्राउ
काठमाडौं, पुस २९ । लगनखेल–स्वयम्भूरडल्लु रुटमा चल्ने गाडीभित्रै हस्तमैथुन गरेर महिलाको टाउकोमा वीर्य फाल्ने ब्यक्ती रबिन सार्की भन्ने रबिन रुचाललाइ प्रहरीले पक्राउ गरेको छ । सो घटनाबारे एक वर्षदेखि अनुसन्धानरत प्रहरीले सो व्यक्तिलाई सोमबार बेलुकी चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको छ । सो व्यक्तिले २०७५ कार्तिकमा एक वर्षअघि यात्रुबस भित्रै हस्तमैथुन गरी एक महिला यात्रुको कपालमा वीर्यपतन गरेको थियो ।
२०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो। बसको पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा हस्तमैथुन गरी वीर्य स्खलन गरेका थिए।
ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ती युवक आफैंले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको आशंका छ। प्रहरीका अनुसार युवकले त्यस्तो हर्कत गरेको स्वीकारेका छन्। अश्लील हर्कत गर्ने र पीडित युवती दुवैको अनुहार भिडियोमा देखिएको थिएन।
प्रहरीको खोजी सूचीमा रहेका ती युवक फरार थिए। अश्लिल भिडियो सामाजिक संजालमा भाईरल भएपछी निजलाई सामाजिक संजाल प्रयोगकर्ताले सामाजिक संजालमै गालीगलौज गरेपछी निजले घटना बारे उल्लेख गरी सामाजिक संजालमा माफी समेत मागेको र सामाजिक संजाल भाइरल साथै प्रहरीले समेत खोजतलास गरेको थाहा पाए पछि काठमाडौबाट भागेर दिल्ली गएको साथै भारतको दिल्लीमा करिब ३ महिना काम गरि ४ महिना कास्मिरबाट पुन दिल्ली हुँदै चितवन घरमा आएको बेला प्रहरीले प्रकाउ गरेको हो ।
महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलन गरि उक्त ब्यक्ति र घटना आज सार्वजनिक गरेको छ।यस्तो अपराध पुष्टि भए ६ महिनासम्म कैद र हजार रुपैयाँ जरिवाना हुनसक्ने व्यवस्था मुलुकी फौजदारी अपराध संहिता ऐनमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्