काठमाडौबाट पेस्तोलसहित २ जना पक्राउ

काठमाडौं, पुस २७ । काठमाडौबाट पेस्तोलसहित २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका(९ गौशाला पिंगलास्थानबाट १ थान घरेलु पेस्तोलसहित २ जनालाई शनिबार दिउँसो पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा पिंगलास्थान बस्ने धनुषा गणेसमान सारनाथ नगरपालिका(७ घर भएका २४ वर्षीय धर्मेन्द्र पासवान र सिरहा बिष्णुपुर गाउँपालिका(६ घर भएका ४१ वर्षीय दिनेश कुमार झा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले बा।१५ च ७५३६ नम्बरको कार जाँच गर्ने क्रममा सिटमुनी लुकाईछिपाई राखेको उक्त पेस्तोल फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकोृ छ ।

प्रतिक्रिया दिनुहोस्