घाँस काट्न गएका दुईजनाको आगलागीमा परी मृत्यु

काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको जंगलमा आगलागि हुँदा घाँस काट्न गएका दुईजनाको मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नं ३ को लालपाटन जंगलमा गत शुक्रबारदेखि लागेको आगलागीमा परेर घाँसदाउरा लिन गएका वडा नं ७ का श्यामबहादुर बोहरा र केशरमान मल्लको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिए ।

दुवैजनाको आगलागीमा परेर हिजो मृत्यु भएको भएपनि जिल्लाको सबैभन्दा विकट ठाउँ भएकाले ढिला गरी जानकारी आएको सापकोटाले बताए । उक्त जंगलमा अहिले पनि आगलागी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्