झापामा टिपरले लियो एक वृद्धको ज्यान

काठमाडौं , पुस २६ । झापामा टिपरले एक जना वृद्धको ज्यान लिएको छ । झापाको पूर्वपश्चिम राजमार्गअन्तर्गत दमक ४ स्थित कृष्णमन्दिर चोकमा ट्रिपरको ठक्करबाट स्थानीय ६९ वर्षीया तुलसा गौतमको ज्यान लिएको हो ।

बाटो काट्ने क्रममा पैदलयात्री गौतमलाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट वृद्धाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ । टिपर आतङ्कले दिनहुँ जसो मानिसको ज्यान अकालमै जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्