कारागारका क्षमताभन्दा तेब्बर कैदीबन्दी, खानेपानी र शौचालयको समस्या

काठमाडौं, पुस २५ । सिरहामा रहेको एक कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरुलाई समस्या भएको छ । तेब्बर कैदीबन्दी हुदा खानेपानी तथा शौचालय गर्न समेत समस्या भएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण सुत्न बस्नको साथै नुहाउन, दिसापिसाब गर्नसमेत निकै समस्या भएको कैदीबन्दीहरुले बताएका छन् ।

त्यसमा पनि पुरुष कैदीबन्दीभन्दा महिला कैदीबन्दीलाई नैकै ठूलो समस्या छ । उनीहरुलाई एउटै शैय्यामा तीन जनासम्म सुत्नुपर्ने बाध्यता रहेको छ ।

सिरहा कारागारमा १३५ पुरुष र १५ महिला गरी १५० कैदीबन्दी राख्ने क्षमता रहेकामा हाल ४६८ पुरुष र २२ महिला कैदीबन्दी तथा उनीहरुसँगै आश्रित एक बालक र दुई बालिका रहेका छन् । यसरी संख्या भन्दा बढि राखिँदा खान, बस्न र सुत्नसमेत समस्या भइरहेको कैदीबन्दीको भनाइ छ ।

क्षमताभन्दा अत्यधिक कैदीबन्दीका कारण ठूलै समस्या सिर्जना भएको कारागारमा जेलर बबिता महतोले बताईन । भवन अभाव र त्यसमा पनि जीर्ण कारागारभित्र अत्यधिक कैदीबन्दी राखिएका कारण उनीहरुलाई कष्टकर जीवन बिताउनुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्