४० हजार घुससहित भूमिसुधारका खरिदार पक्राउ

काठमाडौं, पुस २३ । एकजना खरिदारलाई ४० हजार घुससहित पक्राउ परेका छन् । । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीको भूमिसुधार तथा मालपोत कार्यालय परासीको भूमिसुधार शाखामा कार्यरत खरिदार नेत्रबहादुर चौधरीलाई बुधबार घुससहित पक्राउ गरेको हो ।

चौधरीलाई ४० हजार घुस रकमसहित पक्राउ गरिएको आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले बताए । भूमिसुधार तथा मालपोत कार्यालयको सम्पूर्ण काम एउटा भवनबाट हुँदै आएको भएपनि शाखाको काम भने छुट्टै भवनबाट हुने गरेको छ।

शाखा भवनमा बोलाएर चौधरीले मोहीको जग्गा बाँडफाँडलाई मिलाइ दिने भन्दै सेवाग्राहीसँग रकम लिँदै गर्दा पक्राउ गरिएको भुसालले जानकारी दिए । चौधरीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्